बदलिँदो विश्व सन्तुलनबीच नेपालभारत र अमेरिका एकातिर उभिएका छन् भने चीन र पाकिस्तान अर्कोतिर - RAMESH NATH PANDE
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=160320विश्व रंगमञ्चमा नयाँ घटनाहरू तीव्र गतिमा भइरहेका छन् । विश्वको शक्ति सन्तुलनमा गम्भीर झड्का दिने यी घटनाले दुई दशकदेखि विद्यमान भूमण्डलीय खाका, यसका प्रमुख पात्रहरू र तिनको हैसियतसँगै शक्ति राष्ट्रहरूको सामरिक चिन्तन, विशेष मित्र र सामरिक हिस्सेदारीमा हेरफेर गर्न थालेको छ । चार सातापहिले जर्जियामा रुसको नयाँ चाहना र आपmनो हैसियतमाथिको विश्वास देखिएको थियो । यसले पूर्ण आकार लिने र त्यसलाई नियन्त्रण गर्ने द्वन्द्वले सुरु गरेको परिवर्तनको लहरले अन्तर्राष्ट्रिय सम्बन्धका सबै फाँटहरूलाई प्रभावित पारेको छ ।अब परिवर्तनको अर्को चरण एसियामा हुन्ो संकेत छ । चीन र भारतबीच एसियाको नेतृत्वका लागि संघर्ष सुरु हुन थालेको छ । यसले एसियामा स्थायित्व ल्याउँछ कि ठूला शक्तिहरूबीचको द्वन्द्वको अखडा बनाउँछ, विश्व व्यवस्थालाई कस्तो संरचना र दिशातिर अग्रसर तुल्याउँछ भन्नेमा प्रस्ट छैन । तर यसमा कुन्ौ प्रभाव पार्न नसके पनि प्रभाव भोग्न भने बाध्य हुन्ौपर्ने नेपालजस्ता साना राष्ट्रहरूका लागि चिन्ताको भारी निरन्तर गह्रुँगो भएको छ । यो भारले आपmनो अस्तित्वलाई नै थिच्न नपाओस् र निर्माण हुन्ा थालेको भविष्यमा पनि आपmना आधारभूत स्वार्थहरू सुरक्षित राख्न सकियोस् भनेर अहिलेदेखि नेपाल सचेत हुन्ाुपर्छ । यसका लागि आवश्यक क्षमता बनाउन राष्ट्रिय शक्तिहरूको मन मिल्नै पर्छ ।हाम्रा छरछिमेकमा र विश्वशक्तिहरूको सम्बन्धको आधारभूत संरचनामा बहन थालेको मूलभूत परिवर्तनको हावाले यो एक साताभित्र थुप्रै झड्का दिएको छ । ४५ सदस्यीय परमाणु आपूर्ति समूह -एनएसजी) मा प्रवेश पाएपछि ३० वर्षदेखि भोगिरहेको आणविक नाकाबन्दीबाट भारतले मुक्ति पाएको छ । विश्व राजनीतिको प्रासंगिक शक्ति बन्ने भारतको धेरै पुरानो महत्त्वाकांक्षा पूरा हुने बाटो खुलेको छ । यसका साथै भारतको रणनीतिक दूरदृष्टि तथा नयाँदिल्ली र वासिङ्टनबीचको सामरिक घनिष्टता पनि नयाँ चरणमा प्रवेश गरेको छ । यसरी एसियामा अमेरिकाको लक्ष्य नजिकिएकाले चीन र भारतबीचको सम्बन्धमा पर्ने असर, जापानसमक्ष प्रस्तुत हुन्ो अत्यन्तै सीमित विकल्प, रुसको भूमण्डलीय हैसियत पुनस्र्थापनाको आकांक्षामा पर्ने प्रभाव नेपालको वर्तमान र भविष्यका लागि महत्त्वपूर्ण हुन्ोछ ।विश्वमा आर्थिक शक्ति बन्न अग्रसर भारतका लागि ऊर्जाको बढ्दो आवश्यकता पूरा गर्न भरपर्दो नयाँ स्रोतहरूको खोजी अहिले उच्चतम राष्ट्रिय प्राथमिकता बनेको छ । उसको विद्युतीय शक्ति विकासको प्रगति अत्यन्तै मन्द रहेको छ । निरन्तर मूल्यवृद्धि हँुदै गएको तेल र ग्यासको आपूर्तिमा पनि अनिश्चितता बढ्दै गएकाले भरपर्दो आपूर्ति स्रोत खोज्न ऊ हतारिएको हो । यसमा सफल हुन्ा सकेन भने विश्व आर्थिक शक्तिहरूमध्येको एक बन्ने उसको सपना पूरा हुन्ो छैन । एनएसजीमा प्रवेश पाएपछि अब भारतलाई ऊर्जा उत्पादन गर्न आणविक भट्टीहरूका लागि आवश्यक युरोनियम विश्व बजारबाट किन्ने बाटो खुलेको छ । तर भियनामा प्राप्त यो सफलतालेराष्ट्रिय राजनीति र वैदेशिक सम्बन्धको रणनीतिमा गम्भीर लपेटाइ भने तत्कालै पर्न थालेको छ ।केही महिनापछि हुन्ो आमचुनावलाई आपmनो पक्षमा बनाउन भारतका प्रमुख पार्टीहरू अमेरिकासितको आणविक सम्बन्धविरुद्ध उभिएका छन् । नेहरूकालीन परराष्ट्र नीतिको असंलग्न धार त्यागेर अमेरिका संलग्न भएको र भविष्यमा आणविक परीक्षण गर्ने भारतको सार्वभौम हकसमेत गुमाएको आरोप लगाउँदै भारतीय जनता पार्टी र वामपन्थी पार्टीहरूले 'राष्ट्रवाद र राष्ट्रिय सम्मान' बचाउने नारा दिएका छन् । भारतको जनस्तरको राजनीतिमा अमेरिका विवादको प्रमुख मुद्दा बनेपछि स्वाभाविक रूपमा क्षेत्रीयपरिदृश्य तात्नेछ । अनि यो क्षेत्रमा अमेरिकाको प्रभुत्व कायम हुन्ो सम्भावनालाई असजिलो नजरले हेरिरहेका बाह्य शक्तिहरूको सक्रिय संलग्नताका लागि ढोका खुल्छ । यहाँनिर नेपालको हितमा विचारणीय तीनवटा पक्षहरू छन् ।१) चीनले एनएसजीमा भारतको प्रवेशलाई रोक्न नसके पनि आपmनो अनिच्छा र अप्रसन्नता लुकाएन । पाकिस्तान र भारतबीचको सामरिक सन्तुलन बनिरहेास् भन्ने चीनको चाहनामा नयाँदिल्ली र वासिङ्टनबीचको आणविक सम्बन्ध र भियनाको परिणामले ठेस लागेकै हो । एनएसजीमा भारतलाई प्रवेश गराउन अमेरिकाले लिएको अति सक्रिय भूमिका र राष्ट्रपति बुसले चिनियाँ राष्ट्रपतिलाई फोन गरेर 'भारतको बाटो नछेक्न दिएको चेतावनी' लेे एसियाको शक्ति सन्तुलनमा तनावयुक्त नयाँ चरण प्रारम्भ गरेको छ ।२) गएको मंगलबार शपथग्रहण गरेका पाकिस्तानी राष्ट्रपति जर्दारीले आगामी साता चीन गएर 'पाकिस्तानको ऊर्जा आवश्यकता पूरा गर्न आणविक सामग्री दिने' सम्झौता गर्ने जानकारी इस्लामावादले दिएको छ । यसरी भारत र अमेरिका एकातिर उभिएका छन् भने चीन र पाकिस्तान अर्कोतिर । एसियामा परिवर्तन हुन्ा थालेको शक्ति सन्तुलनमा अमेरिका र भारतलाई खुला मैदान नदिन बेइजिङ कटिबद्ध भएको भनेर यसलाई बुभmन उचित हुन्ोछ ।३) यदि अत्यन्तै महँगो भए पनि आणविक ऊर्जा विकासको गति तीव्र हुन्ा थाल्यो भने चर्को राजनीतिक मूल्य चुकाएर नेपालको जलस्रोतलाई आपसी हितमा उपयोग गर्ने शीघ्रता भारतले महसुस गर्ने छैन । यसले नेपालसित उसको मोलतोल गर्ने क्षमता बढाउनेछ । यसैले जलस्रोतलाई बाढीपहिरो र विनाशको स्रोतमा सीमित हुन्ा नदिन ऊर्जा विकासमा उपयोग गर्न नेपालले अब हतारिनै पर्ने भएको छ । आर्थिक विकासका लागि अन्य राष्ट्रिय स्रोत नभएको नेपालले हेक्का राख्नै पर्ने प्रमुख पक्ष यही हो । तर प्रमुख चार दलहरू चार दिशातिर मुन्टो बटारेर बसेको अहिलेको नेपालमा के यो सम्भव होला ?अब प्रश्न आउँछ, सोभियत संघको विघटनसँगै गुमेको विश्वशक्तिको हैसियत फिर्ता लिन कम्मर कसेको रुस अब कहाँ उभिन्छ ? एसियाको भूराजनीतिक र सामरिक धरातललाई आपmनो पक्षमा हेरफेर गर्ने अमेरिकाको रणनीतिक लक्ष्य प्राप्तिको हिस्सेदार बनेको भारत अमेरिकाकै बलमा एनएसजीमा प्रवेश गरेपछि रुसको निधारमा गाँठो पर्न थालेको छ । 'एक ध्रुवीय विश्वव्यवस्था अब स्वीकार्य नहुन्ो' रूसी राष्ट्रपतिको घोषणा र रूससितको गैरसैनिक आणविक सहयोग सम्बन्धविच्छेद गरेको अमेरिकी घोषणा यसैको परिणाम हो । सैनिक सामग्रीको आवश्यकताको ८० प्रतिशत रूसबाट आयात गरिरहेको भारत वासिङ्टनसित सामरिक घनिष्टता बढ्दै गएपछि आणविक इन्धन र परम्परागत शस्त्रास्त्रका लागि अमेरिकालाई छान्न बाध्य हुन्ो अवस्था छ । तर पेट्रोलियम पदार्थका लागि रूसी महासंघ र इरानसित हात बढाउनैपर्ने बाध्यताले भारतका लागि रोजाइ सरल छैन । यहाँनेर अमेरिकासितको सामरिक सम्बन्ध छेकबार बन्नेछ । ऊर्जाको बढ्दो आवश्यकता र घट्दै गएको आपूर्तिको भरपर्दो स्रोतले भारतले यो छेकबार हटाउन खोज्यो भने अमेरिकाले यो क्षेत्रका लागि नयाँ रणनीति बनाउनेछ र यसका लागि नयाँ सहयोगी पनि खोज्नेछ । परिणाममा सम्पूर्ण परिदृश्य फेरिनेछ ।अहिले प्राकृतिक स्रोत भण्डारबाट आर्जित शक्तिलाई राष्ट्रवादको प्रतीक तथा आपmनो प्रभावक्षेत्र विस्तारका अस्त्रको रूपमा प्रयोग गर्ने होड चलेको छ । यसले लोकतन्त्र र मानवीय मूल्यलाई वैदेशिक सम्बन्धको निर्देशक सिद्धान्त मान्ने मान्यतालाई त्यागेर ठूला र मझौला शक्तिहरूको परराष्ट्र नीति आपmनो भौतिक आवश्यकताका आपूर्तिमै केन्दि्रत बनाएको छ । सैनिक शासकहरूसित 'घनिष्ट दोस्ती' बनाएर भारतले म्यान्मारको ग्यासमा आँखा लगाइसकेको छ । सेनाद्वारा स्थापित र सेनाकै बलमा रहेको बंगलादेशको सरकार आपmनो भूमि भएर भारतका लागि म्यानमारको ग्यास पाइपलाइन बिछ्याउन सहमत भएको छ । सुडानको तेलखानीमा ठूलो लगानी भएका भारत र चीन ऊर्जाको स्वार्थमा अंकुश लाग्ने डरले खार्तुमलाई आपmना जनताप्रति २१ औं शताब्दी सुहाउँदो सभ्य व्यवहार गर्ने सल्लाह दिन पनि तयार छैनन् । भारतीय उपमहाद्वीपको शक्ति सन्तुलनको भविष्यको अवस्था तिब्बतमा बुन्न थालिएको जालो कति चाँडै कति बाक्लो हुन्छ वा यसलाई रोक्ने प्रयास कति बहुमुखी र प्रभावकारी हुन्छ भन्ने प्रश्नको जवाफमा निर्भर छ ।यसरी अनिश्चय बढ्दै गएकेा अवस्थामा राष्ट्रिय एकता नै हाम्रो चिन्तन हुन्ाुपर्छ । नेपालका लागि गौरवशाली लामो इतिहासको अंशियार भएको हेक्का राख्दै 'हामी राष्ट्रवादलाई सर्वोपरि ठान्ने नेपाली हाँै' भन्ने राष्ट्रिय एकताको सर्वमान्य आधारलाई बलियो पार्नुपर्छ । हामी राष्ट्रिय पहिचान गुमाएर पनि बाँच्न चाहने जाति हेाइनौं, स्वतन्त्र राष्ट्रको स्वाभिमानी नेपाली हौँ भन्ने सोच सबैलाई मान्य एउटै सूत्रमा एकताबद्ध बनाउने सर्वशक्तिवान शक्ति हो । यही शक्तिले मात्रै विश्व परिस्थिति जता मोडिए पनि हाम्रो राष्ट्रिय स्वार्थलाई सुरक्षित राख्न सक्छ । इतिहासले रोजेको पुस्ता बन्ने अवसर हाम्रो सामुन्ने छ । आत्मसम्मानको पर्यायवाची बनेको नेपालको इतिहासले धिक्कार्ने जोखिम पनि सामुन्ने नै छ ।(-लेखक पूर्वपरराष्ट्रमन्त्री हुन् ।)Posted on: 2008-09-11 22:36:38
Friday, September 12, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment